बाग्मती सफाई महाअभियानको अवसरमा मानव साङ्लो

bagmati-safai - Copyचैत २८ ।काठमाडौँ,सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा हजारौँले सहभागिता जनाएर बाग्मती सफाई महाअभियान १००औँ हप्ता विशेष कार्यक्रम सुरु भएको छ । सहभागि सबैले एकैसाथ राष्ट्रिय गान गाएर आजबिहानदेखि महाअभियान सुरु गरियो । आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको महाअभियानमा सहभागीले ‘बाग्मती नदी सफा गछौँ’ ,‘सफा गर्न सक्छौँ’ ‘हामीले नगरे कसले गर्छ’, ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सपथसमेत लिएका छन् ।

वागमतीसरसफाइ अभियानका क्रममा प्रधानमन्त्री कार्यालयका पूर्व सचिव कृष्णहरी बास्कोटाको सक्रियता प्रारम्भदेखि नै थियो भने मुख्यसचिव लिलामणि पौडेल पनि वागमती सफाइ अभियानमा सक्रिय रहदै आउनु भएको छ । बाग्मती सफाइ महाअभियानका अभियन्ता मुख्यसचिव लीलामणि पौड्यालले सुन्दरीजल ओख्रेनी माविमा सफाइको नेतृत्व गर्नुभएको छ ।सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा बाग्मती नदीमा ५६ किलोमिटर क्षेत्रमा लामो मानव साङ्लो बनाइएको हो ।बाग्मती नदी किनारको दुवै क्षेत्रमा हजारौ नागरिक सहभागी भएका थिए । सफाइका लागि सरकारले विभिन्न मन्त्रालयका १३ जना सचिवलाई विभिन्न १३ स्थानमा संयोजक तोकेको छ भने विभिन्न क्षेत्रमा स्थापित १२ जना व्यक्तित्वलाई समन्वयकर्ताको जिम्मा दिइएको छ । उहाँहरु आ–आफ्ना तोकिएका क्षेत्रमा उपस्थित भई सफाइ अभियानमा सहभागी हुनुभएको छ ।
सफाइ महाअभियानमा मानव साङ्लो बनाइएको छ र मानव सभ्यताको मुहानको रुपमा लिइएको नदी सफा गरौ भन्ने सन्देश दिन खोजिएको छ । विश्वका पुरानो मानव सभ्यतामध्ये बाग्मती सभ्यता पनि एक हो ।पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा.बाबुराम भट्टराईको सक्रियता पनि उल्लेख्य रह्यो ।
वागमती सफाइको अहिलेसम्मको अभियानमा सहभागिता नजनाएका राजनीतिक दलका शीर्ष नेताहरुले पनि मानव साङलोमा सहभागिता जनाएर बाग्मती सभ्यतालाई जोगाई राख्ने प्रण गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला तीलगंगास्थित वागमती नदी किनारमा सहभागी भए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थापाथली, कांग्रेस उपसभापति रामचन्द्र पोडेल सानेपामा, एमाओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टराई बाग्मती पुल छेउ सहभागी भएका थिए । बाग्मती सफाइ अभियानमा प्रारम्भदेखि नै सेना, प्रहरी, विद्यार्थी तथा स्थानीय टोल सुधार समितिले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ अभियान थालिएपछि नदीमा फोहर फाल्ने कार्यमा कमी आएको छ भने बाग्मती सफा देखिन थालेको छ ।अभियानमा अध्यक्ष ओलीका बुबा मोहन ओलीसमेत सहभागी हुनुभएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल तिनकुने क्षेत्रमा सहभागी हुनुभएको छ ।यस्तै चोभार सुन्दरीघाटमा हजारौँको सहभागिता रहेको छ । अभियानका अभियन्ता पूर्व सचिव किशोर थापाले अभियान सफल भएको जानकारी दिनुभयो । सुन्दरीघाटमा कीर्तिपुर क्षेत्र र त्यस आसपासका हजारौँको सहभागिता रहेको कीर्तिपुर पर्यटन विकास समितिका सचिव वीरेन्द्र शाक्यले जानकारी दिनुभयो । अभियानलाई सफल बनाउन आज बिहानैदेखि सुरक्षाकर्मी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि सहभागी भए । यसैगरी प्रसूतिगृह क्षेत्रमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, दलका सभासद्, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सफाइ अभियान सुरु भयो ।
महाअभियानमा नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार, सशस्त्र प्रहरी बलले तीन हजार र नेपाल प्रहरीले पाँच हजार जनशक्ति परिचालन गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु