गोरखामा अवस्थित वीरेन्द्र ताल फुट्यो

चैत २६ ।गोरखाबजार,मनास्लु हिमालको शृङ्खलाबाट झरेको ठूलो हिउँपहिराको कारणले गर्दा गोर्खाको सामागाउँमा रहेको वीरेन्द्र ताल आज फुटेको छ । ठूलो हिउँपहिराको ढिस्को तालको पानीमा बज्रेपछि बिहान सवा ६ बजेतिर ताल फुटेको सामागाउँका बासिन्दा वीरबहादुर लामाले जानकारी दिनुभयो ।

ताल सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दूरीमा पर्छ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।ठूलो आवाजसहित हिउँपहिरो वीरेन्द्र तालमा झरेपछि सामागाउँ क्षेत्रमा बाफ फैलिएको थियो । हिउँपहिरो वीरेन्द्र ताल रहेको क्षेत्रमा गए पनि मनास्लु आधार शिविरमा रहेका पर्यटकको टोली सकुशल रहेको प्रहरी चौकी सामागाउँले जनाएको छ ।

हिउँपहिरो झरेपछि तालको पानी एक्कासि बाहिर निस्कँदा मनास्लु पदमार्गअन्तर्गतको सामागाउँ–साम्दो जोड्ने काठको पुल बगाएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु