यमनको गृह युद्धमा ५ सय ५० को मृत्‍यु, १७ सय बढी घाइते

चैत २५ ।यमन, यमनमा भइरहेको गृह युद्धमा परेर ज्यान गुमाउनेहरुको संख्या ५ सय ५० पुगेको छ भने १७ सय भन्दा धेरै घाइते भएका छन् ।विश्व स्वास्थ्य संगठन र रेडक्रस सोसाईटीले अदन सहर कव्जा जमाउने क्रममा भएका ठुला भिडन्तमा धेरै हताहति भएको हो ।घाइतेहरुको संख्या अत्याधिक रहेकाले तुरुन्त स्वास्श्य सेवा पुर्याउनुपर्ने उनीहरुको भनाई छ ।

युद्ध सुरु भएपछि यमनमा एक लाख भन्दा धेरै विस्थापित भएका छन् । हुथी बिद्रोही बिरुद्ध यमन सरकार सँगै साउदी अरेविया नेतृत्वको गठबन्धन सेनाले युद्ध लडिरहेको छ ।युद्धका कारण यमनमा खाध्यान्न,खानेपानी र अस्पतालहरुमा औषधीको अभाव हुन थालेको युनिसेफले जनाएको छ । ति सेनालाई अमेरिकाले समेत हतियार सहयोग गर्दै खाएको छ । गृहयुद्ध चर्किएपछि यमनका राष्ट्रपति मंसुर हादी साउदी अरब भागेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु