पूर्वसभासद रामनाथ ढकालप्रति शोक प्रस्ताव पारित गरिदै

Ramnath-Dhakalचैत २३ ।काठमाडौ,संविधानसभा बैठकले आज पूर्वसभासद रामनाथ ढकालप्रति शोक प्रस्ताव पारित गर्ने भएकोले बहुमतीय प्रक्रियामा प्रवेश गर्ने बिषय अड्किएको छ । पूर्वसभासद ढकालको निधनका कारण संविधानसभाको आजको बैठक बहुमतीय प्रक्रियामा प्रवेश नगर्ने भएको छ । संविधानसभा सचिवालयका अनुसार बैठकले ढकालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रस्ताव पारित गर्नेछ । शोक प्रस्ताव पारितपछि बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास छ ।यसअघि दलहरूबीच नयाँ संविधानका विवादित अन्तर्वस्तुमा सहमति खोज्ने प्रयास असफल भएपछि बहुमतीय प्रक्रिया पुनः अघि बढाउन आइतबार बैठक बोलाइएको थियो । बैठकमा प्रस्ताव समितिले तयार गरेको प्रश्नावलीमा मतदान सुरु गर्ने गरी बहुमतका आधारमा नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा निर्माण प्रक्रिया अघि बढाउने तयारी थियो ।

शोक प्रस्ताव पारित गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले केही दिन पछिका लागि मात्र अर्को बैठक तोक्ने स्रोतले जनाएको छ । एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले आहवान गरेको आमहडताललगायतका कार्यक्रम पछि मात्रै संविधानसभाको बैठक राखिने सम्भावना छ । प्रस्ताव समिति गठनमार्फत गत माघ ११ देखि सुरु बहुमतीय प्रक्रियामा एमाओवादीसहितका प्रतिपक्षी दल अनुपस्थित रहदै आएका छन ।

सम्बन्धित शिर्षकहरु