झापा–११ सँग नेपाल पुलिस क्लव ३–१ गोलले पराजित

चैत २० ।काठमाडौ,राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा नेपाल पुलिसलाई पराजित गर्दै झापाले ३–१ को गोल गर्दै जीत हासिल गरेको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिसले झापासँग ३–१ को अप्रत्यासित हार बेहोरेको हो ।

एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै झापाले पुलिसविरुद्ध प्रभावशाली जित दर्ता गर्दै लिगमा तीन अंक समेत जोड्न सफल भएको छ । पहिलो हाफको १८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जुमानु राईले पुलिसलाई अग्रता दिलाए ।
पुलिसले अग्रता लिएपछि पहिलो हाफको ४० औं मिनेटमा कर्ण लिम्बूको गोलबाट झापाले खेल बराबरी गर्यो । बराबरी गोल भएलगत्तै झापाका लागि दिलेन लोक्तनले अर्को गोल थप्दै खेललाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफ २–१ मा सकिएको खेलमा झापाले दोस्रो हाफमा अर्को गोल थप्यो । झापाका लागि खेलको खेलको ८६ औं मिनेटमा अर्को गोल गरेपछि झापाले ३–१ को प्रभावशाली जित निकाल्यो ।
यो जितसँगै झापाले अंकको खाता खोल्दै लिग तालिकाको पाँचौ स्थानमा उक्लेको छ । लिगका अहिलेसम्मका दुई खेलमा हारेको पुलिस भने अंकबिहीन छ ।
दुई सचिवसहित २३ जनाविरुद्ध मुद्दा दायर, ३४ करोड बढी हिनामिना गरेको आरोप

Comments

comments

सम्बन्धित शिर्षकहरु