स्वास्थ्य क्षेत्रमा घाम लागेको देख्न चाहन्छु :प्रा डा गोविन्द केसी

चैत २० ।काठमाडौँ,विभिन्न त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागका प्रा डा गोविन्द केसीले आफुले अनसन तोडेर घाम देखे जस्तै स्वास्थ्य क्षेत्रमा पनि घाम लागेको देख्न चाहेको बताउनु भएको छ ।चिकित्सा शिक्षा र सेवाको सुधारका लागि पाँचौ पटकको अनशन बसेर बिहीबार अनसन अन्त्य गर्ने क्रममा केसीले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो “सरकार र राजनीतिक दलले चौथो पटकसम्म अनशन बस्दा भएका सम्झौता कार्यान्वयन गरेनन्, पाँचौँपटक अनशनमा बसे, अब त छौठौँ पटक बस्नु नपर्ला ।”विभिन्न ११ बुँदे माग राखी डा केसीले पछिल्लोपटक चैत ८ गते गतेदेखि अनशन सुरु गर्नुभएको थियो ।
प्रा डा केसीलाई हाडजोर्नी विभागअन्तर्गतकै आफ्नै बिरामी बालक सुवास अधिकारी र सिलाइकर्मी सत्यनारायण रामले भूइँकटरको जुस खुवाई १२ औँ दिनमा अनशन अन्त्य गराएका थिए ।धादिङ फूलखर्क गाविसका १० वर्षीय बालक जो आफ्नै शिक्षकले तिघ्रामा लठठीले पिट्दा हड्डी भाँचिएर अस्पतालमा भर्ना हुनु भएको थियो । डा केसीले नै बालकलाई उपचार गराइरहनु भएको छ । आफ्ना छोरालाई पिट्ने शिक्षकले उपचारका लागि पहिलो चरणमा रु ३० हजार र पछि उपचारको सबै जिम्मा लिने जानकारी दिएको बालक अधिकारीका आमाले जानकारी दिइन् ।
यसैगरी त्रिविवि शिक्षण अस्पतालकै मूल ढोका नजिक जुत्ता सिलाइ व्यवसाय गर्दै आएका सप्तरीका ४३ वर्षीय रामले पहिलोपटक डा केसीलाई देख्नुभएको थियो । उहाँले यो अवसर आफ्नो जीवनका लागि कहिल्यै बिर्सन नसक्ने क्षण भएको दावी गर्नु भयो । सरकारका तर्फबाट मुख्यसचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका सदस्य प्राडा गोविन्दराज पाखरेल, अनसनरत डा केसी, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झाबीचमा ११ बुँदामा सहमति भएपछि डा केसीले अनसन अन्त्य गर्नुभएको थियो ।
“डा केसीले विगतका चारवटा सम्झौता कार्यान्वयन भएन, उल्लङ्घन भयो, पाँचौँ पटकको सम्झौता कार्यान्वयन हुनेमा म ढुक्क छु । मेरो लडाइँ तीन करोड नेपाली जनताको स्वास्थ्यका लागि हो, व्यक्तिगत होइन” भन्नुभयो ।
यो उपलब्धि तीन करोड नेपाली जनताको हो भन्दै यसमा साथ र सहयोग दिने आमनागरिक, सञ्चारकर्मी, चिकित्सक सबैलाई डा केसीले धन्यवाद दिनुभयो ।
सरकारी वार्ता टोलीका सदस्य एवम् उपाध्यक्ष प्रा डा पोखरेलले डा केसीमा माग विधि र व्यवस्थाका लागि भएकाले प्रचलित विधि र व्यवस्थाभित्रै मागलाई सम्बोधन गरिएको हो भन्नुभयो ।
उहाँले चिकित्सा शिक्षाका राम्रा नराम्रा कामका समीक्षा हुने, पाँचै विकास क्षेत्रमा स्थापना हुने स्नातकभन्दा माथिका स्वास्थ्य शिक्षा निःशुल्क हुने व्यवस्थाले ऐतिहासिक उपलब्धि हासिल गरेको बताउनुभयो ।
सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठले अनशनरत डा केसीका माग सम्बोधन गर्न सरकारी पक्षसँग सम्झौता भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु