पूर्व युवराज पारस शाह आज नेपाल आउने

Paras-shahचैत १९ ।काठमाडौ, थाइल्याण्ड जेलबाट रिहा भएका पूर्व युवराज पारस शाह आज नेपाल आउने कार्यक्रम रहेको छ । आज मध्यान्ह साँढे १२ बजे थाईएअर मार्फत स्वदेश उहा नेपाल फर्किन लागेको पारसका सहयोगी सुनिल खड्काले जानकारी दिनु भयो । मातृभूमिका लागि युवा अभियान चलाउँदै आउनु भएका उहाले पारसँगै आफूपनि नेपाल आउन लागेको बताउँनु भयो । पारस गत मार्च २६ का दिन जेलबाट रिहा हुनुभएको हो । लागू औषध कारोबारको अभियोगमा थाई प्रहरीले पारसलाई पक्राउ गरेर जेल चलान गरेको थियो ।

पारसलाई अदालतले लागूऔषध कारोबारको मुद्दामा सफाई दिइसकेको छ ।लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका पारस फेरि उतै फर्किने गरी स्वदेश आउन लागेको हो भन्ने बारे केहि खुलाइएको छैन।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु