राष्ट्रिय महिला आयोग १४ बर्षमा प्रवेश

चैत १५ ।काठमाडौ, राष्ट्रिय महिला आयोगले आज आफ्नो १४ औं वार्षिक उत्सव मनाइरहेको छ ।‘लैंगिक मैत्री संविधान, महिला हिंसाको निदान’ भन्ने नाराका साथ मनाइने वार्षिक उत्सवको अवसरमा आयोगले भद्रकालीस्थित कार्यालयमा बिहान साढे १० बजेदेखि विषेश कार्यक्रमको आयोजना गरेको छ । महिलाको अधिकारका पक्षमा काम गर्ने उद्देश्यका साथ २०५८ सालमा आयोग स्थापना भएको थियो ।

९२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर दुर्गा पोखरेलको अध्यक्षतामा राष्ट्रिय महिला आयोग गठन भएको थियो । आयोगले महिला हिंसा र महिलाका मानव अधिकार लगायतका क्षेत्रमा उजूरी लिने तथा कार्य सम्पादन गर्ने गर्दछ ।महिलाको हक हितसँग सरोकार राख्ने राष्ट्रिय नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझाव दिने लगायतका काम पनि आयोगले गर्दै आएको छ । त्यस्तै महिला विरुद्धका भेदभाव तथा सामाजिक कुरीति विरुद्ध जनचेतना अभिबृद्धि गर्ने वा गराउने काम महिला आयोगले गर्दै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु