भारतलाई हराउदै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

सिड्नी, भारतलाई ठुलो अन्तरले हराउदै आयोजक अस्ट्रेलिया विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनल अन्तर्गत सिड्नीमा बिहीवार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ९५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले दिएको २२९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४६ ।५ ओभरमा अलआउट हुँदै दुई सय ३३ रनमा समेटियो ।यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३२८ रन बनाएको थियो। चार पटक विश्व च्याम्पियन अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक १०५ रन बनाए। भारतका लागि उमेश यादवले ४ विकेट लिए।
अष्ट्रेलियाले आइतबार हुने फाइनलमा अर्को घरेलु टोली न्यूजिल्याण्डसँग भिड्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु