छोरीको बन्चरो प्रहारबाट ८० बर्षीय बाबुको ज्यान गयो

चैत ९ ।बागलुङ,बागलुङको तित्याङमा छोरीले प्रहार गरेको बञ्चरोले लागेको बाबुको ज्यान गएको छ भने अामा गम्भिर घाइते हुनु भएको छ । तित्याङ-८ का ४० वर्षिय शर्मीला थापाले बञ्चरो प्रहार गर्दा बावुको ज्यान गएको हो भने आमा गम्भीर घाइते हुनुभएको हो । बन्चरो प्रहारबाट ८० बर्षीय पतिराम थापाको घटनास्थलमै मृत्यु भएको र आमा ७५ वर्षिया जमुना थपा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहार गर्ने शर्मीला थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । समान्य घरायसी विवादमा बञ्चरो प्रहार गरेको हुन सक्ने भन्दै घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु