तितो सत्य, मेरि बास्सै साँझले सिड्निमा हंसायो र कमायो

के खनाल , असनेपालन्युजnepal_newstito_(3) ,सिड्नी।
सिड्निका नेपालीहरूविच तितोसत्य मेरीबास्सै सांझ सम्पन्न भएको छ । एआर एन सांझ सम्पन्न गरे लगत्तै नेपाली समुदायमा यो ठुलो कार्यक्रम सम्पन्न भएको छ सप्तान्ह अर्थात विदाका समयमा मात्र नेपाली कार्यक्रम हुने गरेको सिड्निमा विच हप्तामै यस्तो कार्यक्रम गरिएको यो नै पहिलो हो । जहां टेलिभिजन कार्यक्रम तितो सत्य र मेरी बास्सै का कलाकारहरू तथा सिड्निका स्थानिय कलाकारहरूले आ-आफ्नो तवरले प्रतिभा प्रदर्शन गरेका थिए । ढिलो गरेर शुरु हुने नेपाली पनलाई निरन्तरता दिंदै कार्यक्रमको शुभारम्भ भए पनि हास्ने र हसाउने कलाको नविनताले दर्शकलाई अन्तिम समय सम्म कार्यक्रमले आकर्षित पारीरह्यो । नेपाली हास्यकलाकारहरूको हसाउने शैलि मा केही परिवर्तन भएको सबैले महशुष गरे । मिठो शुरुवात थियो -पार्वती राईलको नाच । त्यस पछि तातेको साँझ मा कलाकारहरु तक्मे बुढा (विल्सनविक्रम राई) र माग्ने बुढा (केदार घिमिरे)ले अस्ट्रेलिया आउँदाको आफ्नो अनुभव सुनाए । सबैले यसलाई मन पराए तर केही अतिरन्जित लाग्ने कुरा भने त्यति हासो उठाउने खालको थिएन यद्द्यपि प्रयास वजनदार थियो ।
अभिनेत्री दिपाश्री निरौलाले मञ्चबाट ओर्लिएर नाच्न थालए पछि सँगै नाच्न पाउने हरू पनि दङ्ग हेर्नेहरू पनि दङ्ग परे । उनका कलाकार जोडी दिपकराज गिरीले श्रीमान र श्रीमतीको बारेमा हानेको ब्यङ्गको झटारो आधा घण्टा सम्म दर्शक माझ रमाइरह्यो । ब्यङ्गले सामाजिक नकारात्मक भावको चिरफार त गर्‍यो तर मानिसहरूमा सकारात्म भावको परिवर्तन ल्याउन सक्ने दम भने नभेटिएको केही बौद्दिक दर्धक हरूको टिप्पणी छ। तर उनको एकल वाचनले धेरैलाई पेट मिचि हसाउन सफल भयो । सिड्निका स्थानिय कलाकारहरूले पनि आफ्नो प्रतिभा देखाउन पछि परेनन् उषा वारीया र राजु गुरुन्ङले नेपालीहरू विदेशमा बसे पनि कला र प्रतिभा जीवन्त रहेको पुस्टी गरे आफ्नो दमदार नाच बाट। यस्तै गायिका आस्था राउतको प्रतिभा रोचक बन्यो सबैमा । चौबन्दीमा पटुकी बांध्या छैन’ भने पछि नौजवान युवा युवतिहरू जुरुक -जुरुक आ-आफ्नो ठाउंबाट उठेका थिए । जे हुन्छ राम्रै हुन्छ भने झै टर्किस एयरलाइन्सको विमान दुर्घटना ले पर सरेको सो कार्यक्रम मा सबैजना सारीक हुन सके। अन्त्यमा अन्य कार्यक्रममा झै फेरि औपचारिकता दोहोरियो , प्रसम्शा पत्र बाड्ने र थाप्ने सिलशिलाको ।यसैमुताविक कलाकारहरुलाई एनआरएन सचिव रञ्जु वाग्ले, एनआरएन ओसिनिया क्षेत्रीय संयोजक विष्णु हमालले प्रशंसापत्र प्रदान गर्नुभएको सबैलाई । कार्यक्रमको ब्यवस्थापन नेपाली टच र आल्प  प्रडक्सन, एन्जल मुभी, एजुकेसन पार्क र इपि माइग्रेसनले गरेका थिए भने आयोजना स्मार्ट एक्सेस ईन्टरनेन्मेन्टले गरेको हो । यस्तै कार्यक्रममा स्थानिय संस्था नेपिन्डोको तर्फबाट पनि प्रस्तुती राखिएको थियो । टिकट पुरै विक्री भएकाले कार्यक्रमले सो चे भन्दा राम्रो आम्दानी गरेको र दर्शकलाई मनोरन्जनपनि दिएको आयोजकहरू असनेपालन्युज डट कमलाई बताउंछन। कार्यक्रममा ४ सय भन्दा बढी दर्शक रहेको र लगानि राम्रै सँग उठेको सिडिनिका ब्यवस्थापक मध्येका के मनोज अधिकारि असनेपालन्युजलाई बताउंछन्। Photo by Newa Kiran & DKP 

Comments

comments

सम्बन्धित शिर्षकहरु