आजदेखि संवैधानिक आयोगका पदाधिकारीको सनुवाई हुने

चैत ४ ।काठमाडौं, सरकारले दुई संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीको सुनुवाई आजदेखि सुरु भएको छ ।आज पहिलो चरणमा लोकसेवाका पदाधिकारी र दोस्रो चरणमा अख्तियारका पदाधिकारीको सुनुवाई हुनेछ । व्यवस्थापिका–संसदअन्तर्गतको संसदीय सुनवाई विशेष समितिको सोमबार बसेको बैठकले लोकसेवा आयोगमा सिफारिस गरिएका अध्यक्ष र सदस्यविरुद्ध उजुरीको सुनवाई आजदेखि सनुवाई गर्ने निर्णय गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुविरुद्ध परेका उजुरीको सुनवाई चैत ८ गते गर्ने निर्णय भएको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिनु भयो ।

सरकारले केही दिनअघि लोकसेवा आयोगको अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यमा बिन्दा हाडा, गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय, कृष्णचन्द्र झालाई नियुक्तिका लागि सिफारिस गरेको थियो भने आयोगका आयुक्तमा दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र डा सावित्री गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु