कैदी फरार भएको चालै पाएनन प्रहरीले

चैत ३ ।झापा,झापा कारागारको एक कैदी फरार भएको छन । चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार ल्याइएका बिर्तामोडका २३ वर्षीय कमल सेख हुसैन मियाँ फरार भएका हुन् ।
सोमबार साँझ कारागारका कैदीबन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि मियाँ फरार भएको खुलेको थियो । फरार कैदी के कसरी फरार भएको भन्ने विषयमा अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ । फरार कैदीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु