सिरियामा सरकारी सैनिक र इस्लामिक लडाकूबीच झडप हुँदा ५० भन्दा बढीको मृत्यु

बेरुत,सिरियामा सरकारी सैनिक र इस्लामिक लडाकूबीच झडप हुँदा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।सिरियाली राष्ट्रपति बसार अल असादको गृह प्रान्तको लताकियामा पर्ने एक गाउँमा सरकारी सुरक्षाबल र अल कायदाआबद्ध एक आतङ्ककारी समूहलगायत सशस्त्र इस्लामिक समूहबीच भएको झडप भएको बताइएको छ ।सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सकाअनुसार जबाल अल आक्राद् जिल्लामा बुधबारदेखि नै सो झडप सुरु भएको थियो ।बुधबारदेखि सुरु भएको यस झडपमा दुवैतर्फ गरी ५० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

लडाकूहरुले प्रत्यक्ष आक्रमण गरेका हुनाले हताहतको सङ्ख्या बढी भएको अब्जभेटरीका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलनले चार वर्ष पूरा गरिसकेको छ ।संयुक्त राष्ट्रसङ्घले दिएको तथ्य अनुसार सिरियामा जारी सो द्वन्द्वमा सन् २०११ देखि हालसम्म कम्तीमा दुई लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु