विश्वकप क्रिकेटमा अस्ट्रेलियाले श्रीलंकालाई ६४ रनले पराजित गर्‍यो

सिड्नी,विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा आयोजक अस्ट्रेलियाले श्रीलंकालाई ६४ रनले पराजित गरेको छ । अस्ट्रेलियाले दिएको ३७७ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ४६.२ ओभरमा अलआउट हुँदै ३१२ रनमा सीमित भएपछि पराजित भएको हो ।
सिड्नीमा आइतबार भएको खेलमा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा ३७६ रन बनाएपछि श्रीलंकाले ३७७ रनको चुनौती पाएको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाका लागि कुमार सांगाकाराले सतकीय पारी खेले । उनले १०७ बलको सामना गर्दै १०४ रन बनाए ।
श्रीलंकाले शुरुमै नोक्सानी ब्यहोरेको थियो । उसका थिरिमानेलार्इ एक रन बनाएको जोनसनको बलमा ब्र्याड ह्याडिनले आउट गराए ।
त्यसपछि कुमार सांगकारासँग मिलेर तिलकरत्ने दिलसानले अस्ट्रेलियाका बलरलार्इ पिटेका थिए । दिलसानले जोनसनको एक ओभरमा ६ बलको सामना गर्दै लगातार ६ चौका हाने । उनले ६० बलमा ६२ रन जोडे ।
दिलशान र जयवर्धने आउट भएपछि सांगकाराले सतक पुरा गरे । दिलसान र सांगकाराले दोस्रो विकेटका लागि १३० रनको साझेदारी गरे । सांगकारा आउट भएपछि एन्जेला म्याथ्युज र चन्डिमलले श्रीलंकाको स्कोर २५० रनसम्म पुर्याए । तर पछिल्लो क्रमका ब्याट्सम्यान जम्न नसक्दा श्रीलंकाले हार स्वकीर्न बाध्य भयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको स्कोरलाई मजवुत अवस्थामा पु¥याउन गेलेन म्यास्वेलले सतक बनाए । उनले विस्फोटक व्याटिङ गर्दै १० चौका र ४ छक्को मद्दतमा १०२ रन
बनाए ।
त्यसैगरी स्टिबन स्मिथले ७२ रन बनाए । माइकल क्लार्कको नाममा ६८ रन रह्यो । अर्का ब्याट्सम्यान सेन वाट्सनले ६७ रन जोडे । श्रीलंकाका लागि लासिथ मालिंगा र थिसारा परेराले दुर्इ दुर्इ विकेट लिए ।
अस्ट्रेलियाले १९ रन बनाएको अवस्थामा लासिथ मालिंगाले डेभिड वार्नरलार्इ ९ रनमा आउट गर्दै पहिलो झट्का दिए । उनी लासिथ मालिंगाको बलमा प्रसन्नाको हातबाट क्याच आउट भए । त्यसपछि अस्ट्रेलियाले ४१ रन बनाएको अवस्थामा २४ रन बनाएका एरोन फिन्चलार्इ सांगाकाराले क्याच आउट गराए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु