वार्ताको नाममा अलमल्याउने खेल भैरहेको छ : ३० दलीय मोर्चा

30 partyफागुन २४ । काठमाडौं, एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले सत्तारुढ दलहरुले वार्ताको नाममा अलमल्याउने र प्रक्रियाबाटै संविधान बनाउन चाहेको आरोप लगाएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको ३० दलको बैठकले सत्तारुढ कांग्रेस र एमाले वार्ताप्रति गम्भीर नभएकोले वार्ता सफल हुन सक्ने संवाभना कम रहेको निष्कर्ष निकालेको छ ।सत्तारुढ दलहरुसँग शनिबार बालुवाटारमा भएको वार्ताको समीक्षा गर्न ३० दलीय मोर्चाको बैठकमा अध्यक्ष प्रचण्डले बालुवाटार वार्ताबारे नेताहरुलाई जानकारी दिदै शनिबारको वार्ता प्रारम्भिक चरणको मात्रै भएको र फागुन २५ गतेसम्म सत्तारुढ दलसँग औपचारिक/अनौपचारिक छलफल गर्ने बताउनु भयो ।शनिबार बालुवाटारमा भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थित हुनु र आफूहरुले उठाउँदै आएका विषयप्रति गम्भीर नदेखिनुले सत्तारुढ दल वार्ताप्रति गम्भीर नभएको देखिएको विपक्षी मोर्चाको ठहर छ । बैठकपछि खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले सत्तारुढ दलहरु वार्ताप्रति गम्भीर नदेखिएकोले आन्दोलन रोक्न वार्तामा अलमल्याउने र प्रक्रियामै जान चाहेको स्पष्ट भएको बताउनु भयो ।
बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले वा आफ्नो मोर्चाले वार्ताको प्रयास गरिरहने जानकारी दिनु भयो । ३० दलीय मोर्चाले २५ गतेसम्म सहमतिको प्रयासमा सत्तारुढ दलहरुसँग वार्ता जारी राख्ने र वार्तामा सहमति नभए पुन आन्दोलन थाल्ने जनाएको छ ।
३० दलको बैठक फागुन २६ गते बस्ने भएको छ ।
३० दलले बाग्लुङ १ मा हुन उपचुनावमा साझा उम्मेदवार उठाउने भएका छन् ।

कांग्रेसका तत्कालीन सभासद हरि खड्काको दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा चैत २८ गते चुनाव हुँदैछ । ३० दलको बैठकमा साझा उम्मेदबार उठाउने लगभग सहमति भएको नेताहरुले बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु