लोकतान्त्रिक मूल्यमान्यता विपरितका सहमति हुँदैन : अध्यक्ष ओली

kp-oliफागुन २१ ।काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान निर्माणका क्रममा धेरै कुरामा सहमति भएपनि पनि क्षमा रहेपनि राष्ट्रियता र लोकतान्त्रिक मूल्यमान्यतालाई छाडेर कुनै सहमति नहुने बताउनु भएको छ ।
यदु स्मृति प्रतिष्ठानले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरण तथा १६औं यदु स्मृति दिवसका अवसरमा काठमान्डुमा आयोजित कार्यक्रममा बोल्दै तीस दलीय मोर्चाले सङ्घीयताका नाममा तराई र पहाडलाई छुट्याउने राष्ट्रविरोधी कुरा गरेको भन्दै देशलाई दीर्घकालीन अहित हुने सवालमा आफ्नो पार्टी सहमत नहुने बताउनु भयो । कार्यक्रममा अध्यक्ष ओलीले संविधानसभामा केवल संविधान निर्माणको कानुनी प्रक्रिया मात्र प्रारम्भ भएको जानकारी दिनु भयो ।नेपाली काँग्रेस र एमालेले एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभा छाडेर नजान र सहमतिमा आउन भनिरहेको भए पनि केही बुद्धिजीवीले सत्तापक्षले वार्ताको वातावरण बिगारेको भन्ने टिप्पणीबाट आफू आश्चर्यमा पर्ने गरेको अध्यक्ष ओलीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘देशलाई साँढे सातको दसा लागेका बेला हिंसात्मक राजनीतिबाट आएको एमाओवादी प्रथम संविधानसभामा पहिलो पार्टी बन्यो, अब त्यस्तो भूल जनताले गर्ने छैनन् ।”
विस २०५६ सालको संसदीय निर्वाचनमा रुकुम क्षेत्र नं. २ का एमालेका उम्मेदवार तथा जिल्ला सचिव रहनुभएका यदुकुमार गौतमलाई तत्कालीन नेकपा माओवादी कार्यकर्ताले जिल्लाको गरायला भन्ने ठाउँमा हत्या गरेका थिए ।
उहाँको स्मृतिमा स्थापित रु १५ हजार राशीको सो पुरस्कार यस वर्ष अन्नपूर्ण पोष्टका पत्रकार बालकुमार नेपाललाई प्रदान गरियो ।
कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्य सूर्य थापा, गौतमकी धर्मपत्नी तथा पूर्वसांसद् तीर्था गौतमलगायतले यदुकुमार पार्टी, लोकतन्त्र र जनताको निष्ठाका लागि सहिद भएकाले उहाँका सपनालाई पूरा गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु