नेपाल–इटाली अनुसन्धान सम्मेलन काठमाण्डुमा सम्पन्न

फागुन १९ ।काठमाडौं,नेपालको त्रिभुवन विश्वविद्यालय र इटालीको पोदोभाविश्वविद्यालयले काठमाडौंमाआयोजना गरेको अनुसन्धान सम्बन्धि विश्वविद्यालयस्तरीय दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।”नेपाल–इटाली संयुक्त अनुसन्धान विगत,वर्तमान र भविष्य”विषयक सम्मेलनको परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले उद्घाटन गर्नु भयो । सम्मेलनमा नेपाल र इटालीका बरिष्ठ प्राध्यापकहरुको सहभागिता रहेको थियो । नेपालको जल सम्पदा, स्वास्थ्यशिक्षा, जैविकविविधता, भुक्षयलगायतका बिषयमा प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका थियो ।

विश्वकै पुरानो बोटानिक गार्डेन भएको पादोभा विश्वविद्यालय र नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयबीचका सहकार्य लामो समयदेखि हुँदै आएका छ ।सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.गुणनीधि न्यौपाने, उपकुलपति प्रा. हिराबहादुर महर्जन, पादोभाविश्वविद्यालयका सह–रेक्टर प्रा. अलेसान्ड्रो मार्टिन, नाष्टका उपकूलपतिप्रा.जीवराज पोखरेललगायतका व्यक्तिहरु सहभागी थिए । कूलचार खण्डमा विभाजितगरिएको सम्मेलनको पहिलो सत्रमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. चिरन्जीवी उपाध्याय, प्रा.डा. तारा प्रसाद सापकोटा, प्रा.डा. चित्रबहादुर बुढाथोकी, डा. दिनेश भुजु, डा. गोविन्दबहादुर तुम्बाहाङले कार्यपत्र प्रस्तुत गरेकाथिए । त्यस्तै दोस्रो सत्रमा त्रिविविका केपी शर्मा, नास्टका डा. दीपक धिताल, त्रिविविका रामचन्द्र ढकाल, काठमाडौं विश्वविद्यालयका डा. गौरव गौचन, डा. रमेश मास्के र डा. रिजन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकाथिए । अर्को सत्रमात्रिविविका डा. बिएम भट्टराई, डा. सिएलश्रेष्ठ, डा. अनिल भट्टराई, पोदभा विश्वविद्यालयका प्रो. एमबोसेली, प्रो. एन्टोनियो मासी, डा. आईरिन एमोरुसो लगायतले कार्यपत्र प्रस्तुत गरेकाथिए । त्यस्तै अन्तिम सेसनमाप्रो. प्रमोद कुमार झा, प्रो. एमके क्षेत्री, डा. राम केपीयादव, डा. एकलव्यशर्माले माउन्टेन स्टडीजबारेको प्रस्ताव पेश गरेकाथिए । सो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै परराष्ट्र मन्त्री पाण्डेले अनुसन्धानबारे नेपाल र इटालीबीचको लामो समयदेखिको सहकार्यले दुवै देशले लाभ लिन सकेको उल्लेख गर्दै आगामी दिनमा अझै गहन अनुसन्धानमा लाग्नु पर्ने धारणा प्रस्तुत गरेका थिए ।सम्मेलनमा नेपालको स्वास्थ्य शिक्षा, भुक्षय, पानीको गुणस्तर, इटालीको पोदभा विश्वविद्यालयमा अध्ययन गर्दाका अनुभवहरुबारे समेत चर्चा गरिएको थियो ।
त्रिवि केन्द्रीय वनस्पति विभागका प्रमुख प्राध्यापक प्रमोदकुमार झा र पादोभा विश्वविद्यालयबाट विद्यावारिधी गरेका मनमोहन हृदयरोग केन्द्रमा कार्यरत डा.अनिल भट्टराईको पहलमा उक्त सम्मेलन सम्पन्न भएको थियो । भट्टराईले पादोभा विश्वविद्यालयबाट विद्यावारिधी गर्दाको अनुभव र नेपालमा हृदयरोग सम्बन्धि उपचार प्रविधि र चुनौतीबारे व्याख्या गरेकाथिए ।
गैरआवासीय नेपाली संघ एनआरएन इटालीका पुर्व महासचिव शेरबहादुर रानाको पहलमा पोखरा विश्वविद्यालयसँग समन्वय गरी दुई देशका विश्वविद्यालयबीच सम्बन्ध स्थापित गरी कार्यक्रमहरू गर्ने हस्ताक्षर भएको थियो । रानाले दुई देशकाविद्यार्थीहरुवीच समन्यवत्मक भूमिका खेल्दै आएका छन् ।विशेषगरि नेपालबाट ईटाली जाने विद्यार्थीहरुलाई त्यहाँ रहेका नेपाली संघसंस्थाहरुबाट सहयोग जुटाउने काममा समेत राना सक्रियताका साथलागेका छन् । त्यस्तैगरि ईटालीबाट नेपालआउने प्राध्यापकहरुलाई समेत दोभाषेको काम रानाले गरेको अनुभव सुनाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु