पहिला घटाइएको यातायात भाडादर आजदेखि लागु हुने

फागुन १८ ।काठमाडौ, सरकारले केही दिन अघि घटाएको सार्वजनिक यातायातको भाडादर आजदेखि लागु गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले केही दिन अघि सरोकारवालाहरुसँग छलफल गरी भाडादर घटाएको थियो । काठमाण्डौ उपत्यकामा २ दशमलव ३ प्रतिशत भाडा घटाइएकाले अबदेखि न्यूनतम १३ देखि अधिकतम २५ रुपैयाँसम्म मात्र लिन पाइन्छ ।

मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार ट्याक्सीमा १ दशमलव ६ र ट्रकमा ५ प्रतिशत भाडा घटाइएको र त्यो भाडादर आजदेखि लागु गर्नुपर्नेछ । तर यातायात व्यवसायीले भने वैज्ञानिक भाडादर कायम हुनुपर्ने भन्दै नयाँ भाडादर लागु गर्न असहमति जनाउँदै आएका छन् । पटक पटक पट्रोलियम पदार्थको मूल्य घटेपछि यातायात भाडा पनि घटाइएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु