४५४ किलोकी महिला यसरी झरिन् ९१ मा

fattest-women-mayra-3संसारमा यस्ता धेरै मानिस छन् जो आफ्नो मोटोपनका कारण तनावमा रहने गरेका छन् । यस्तो अवस्थामा उनीहरु हरेक प्रकारका एक्सरसाइज र सर्जरीपछि मात्र उनीहरुको तौल कम हुने गर्दछ ।
यस्तै एक महिला अमेरिकाको टेक्सास निवासी ३४ वर्षीया मायरा रोसल्स पनि हुन् । कुनै समय मायराको तौल ४५४ किलो थियो । तर, ११ पटकको सर्जरीपछि उनको तौल ३६३ किलो भयो अहिले उनी ९१ किलोकी छन् ।
मायरा आफ्नो तौल कम हुनुको पछाडि एउटा दुर्घटना कारण भएको बताउँछिन् । उनले एबीसी १३ टेलिभिजनसँग भनिन्–दुई वर्षको भतिजाको टाउकोमा मेरो बहिनीले हेयरब्रश प्रहार गरिन् । जसका कारण उनको मृत्यु भयो । यस्तो अवस्थामा बहिनीले हत्याको आरोप मलाई लिन भनिन् । मैले प्रहरीसामु यो आरोप स्वीकार गरेँ । तर, अनुसन्धानका क्रममा मेरी बहिनी नै दोषी ठहरिन् । पछि उनले स्वीकार पनि गरिन् । त्यसपछि नलाई १५ वर्ष जेल सजाय भयो ।
त्यसपछि बहिनीको बालबच्चाको हेरचाह गर्नका लागि मायराले आफ्नो तौल कम गर्ने विषयमा सोचिन् । सन् २०११ पछि मायराले अहिलेसम्म आफ्नो शरीरको ११ पटक सर्जरी गराइसकेकी छन् । उनी भन्छिन्–पहिला म खानका लागि जीवित रहन चाहन्थेँ । तर अब म मात्र जीवित रहनका लागि खाने गर्दछु ।
उनको सर्जरी गर्ने डाक्टर युनान नाओजाराइन भन्छन्–मैले मायरालाई भने कि ओछ्यानमा सुतेर केही पनि हुन्न । यदि तौल कम गर्ने हो भने बिहान निकै हिँड्नुपर्नेछ । त्यसपछि मात्र दश दिनभित्रै मायराको तौल ४५ किलो कम भयो । त्यस्तै सुरुवाती सर्जरीपछि उनको तौल २२७ किलो कम भयो । यसरी कुल ११ पटक गरिएको सर्जरीपछि उनको तौल ९१ किलो भएको छ।
यसरी भारी तौल कम भएपछि मायरा भन्छिन्–मलाई न त सुगर थियो न त मेरो ब्लड प्रेसर नै बढेको थियो । अब म स्वयमलाई पूर्णरुपमा फिट महशुस गर्छु ।
उनी अब म्याक्सिको फर्कन चाहन्छिन् । किनभने उनले सन् २०१३ मा आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी हुन् । यद्यपि हालै उनले आफ्नो फेसबुकमा नयाँ ब्वाईफ्रेडका साथ तस्वीर पोस्ट गरेकी छन् । एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु