अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण

Paulo-Coelho-as-Kid‘अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण’

एक जना ब्राजिलकै केटालाई उनका आमा–बाबा वकिल बनाउन चाहन्थे । तर त्यो केटा भने साहित्य पढ्न चाहन्थे । आमा–बाबाले उनलाई जबर्जस्ती कानुन पढाउन वाध्य पारी छाडे । उनले नाईँ–नास्ती गर्न सकेनन् । र त मन परेको विषय छोड्नुको पीडा र मन नपरेको विषय पढ्नुको दोहोरो मार उनले झेल्नु प¥यो । परिणाम ? परिणाम स्वरूप उनी डिप्रेसनको शिकार भई थला परे । बल्ल उनका अभिभावकहरूले आफ्नो गल्ती ठम्याउन पाए । पछि छोरोलाई जे मन लाग्छ त्यही पढ भनी छोडी दिए । त्यसपछि उनले साहित्य सृजना गर्न थाले । नभन्दै उनी विश्व–बिख्यात साहित्यकार बने । आज उनको किताब संख्याको हिसाबले सबभन्दा बढी बिक्नेमा पर्छ । उनको नाम हो पाउलो कोइलो । यस्ता््े अद्धितीय प्रतिभा शुरूमा दबिनुको कारण थियो– आमा बाबाको प्रस्तावलाई नाईँ भन्न नसक्नु ।

Comments

comments

सम्बन्धित शिर्षकहरु