किशोरीहरुमाथि एसीड आक्रण गर्ने अपराधीलाई कार्बाही गर्न माग गर्दै प्रदर्शन

फागुन १४ । काठमाडौं,राजधानीको वसन्तपुरमा दुई किशोरीहरुमाथि एसीड खन्याउने अपराधीलाई अबिलम्ब पहिचान गरी कारबाही गर्न माग गर्दै एकिकृत माओवादी सम्वद्ध विभिन्न भातृ संगठनहरुले आज वालुवाटारमा प्रदर्शन गरेका छन् ।

उनीहरुले  आक्रमणका दोषीलाई कारवाहीको माग गर्दै बिहानै प्रधानमन्त्रीको सरकारी निवास अगाडी नारावाजी गरेका हुन । उपत्यकाका विभिन्न स्थानमा आज पनि दबाबमुलक प्रदर्शन जारी रहेको बेला वालुवाटारमा नारावाजी भएको हो । प्रदर्शनपछि विभिन्न भातृ संगठनहरुले प्रधानमन्त्री सुशील कोइरालाई ज्ञापनपत्र बुझाइएको छ ।
आक्रमण भएको ५ दिन हुँदासमेत प्रहरीले आक्रमणकारी पक्रन नसकेको भन्दै महिला अधिकारकर्मी सहितको र्‍याली वालुवाटार पुगेर प्रधानमन्त्री सुशिल कोईरालालाई ज्ञापनपत्र बुझाएका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु