अफगानिस्तानमा भारी हिमपात, हिमपहिरोमा १ सय बढी मारिए

फागुन १४ ।काबुल,अफगानिस्तानमा भएको भारी हिमपात र हिमपहिरोमा परेर एक सयभन्दा बढीको मृत्यु भएको छ।
अफगानिस्तानको पंजशीर प्रान्तका कार्यबाहक गभर्नर अब्दुल रहमान कबीरीका अनुसार कम्तीमा ९० जनाको शव निकालिएको छ। उनका अनुसार करिब १ सय घर, दुई विद्यालय र एक मस्जिद हिपहिरोमा परेको छ ।
उनले उद्धार कार्य जारी रहेको बताए । सबै जना हिउँ हटाउन खटिएको भन्दै उद्धारमा समेत समस्या आएको जानकारी दिए । घटनास्थल पुग्न ४० किलोमिटर बाटो सफा गर्नु पर्ने अवस्था रहेकाले उद्धारमा समस्या आएको हो ।
उनले राज्यको मूख्य सडक सफा गर्ने प्रयास गरिरहेको भन्दै बाटो बनाउन समस्या भएकाले राहत पुराउन समस्या भएको बताए ।
भारी हिमपातका कारण राज्यका अन्य सडकसमेत बन्द भएका छन् । सुदूर क्षेत्रमा बस्ने सर्वसाधारणसम्म राहत पुराउन समस्या भएको सरकारी अधिकारीहरुको भनाइ छ। सरकारी उद्धार र राहत टोली आउन नसके पनि स्थानयिले उद्धार कार्यमा जुटेका छन् ।
अफगानिस्तानमा केही चिसो बढी हुने भए पनि यसरी हिमपात भने नहुने गरेको अधिकारीहरुको भनाइ छ। अचानक यसरी हिमपात भएपछि अधिकारीहरुसमेत आश्चर्यमा परेका छन् । एजेन्सी

सम्बन्धित शिर्षकहरु