साढे चार किलो चरेस सहित एक भारतीय पक्राउ

फागुन ११ ।कञ्चनपुर,प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका ३ राना चौराहबाट साढे चार किलो चरेस सहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान ब्यूरो र बेलौरी इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार बेलुकी भारत पिलिभितका २४ वर्षिय राजकुमार गिरीलाई चरेससहित नियन्त्रणमा लिएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब उपरीक्षक वीरेन्द्र जोहारीले बताउनु भयो ।
अभियुक्त गिरीलाई नेपालवाट चरेस खरिद गरी भारत लगिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गिरीसँगै भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ भने उनलाई चरेससहित सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु