संसारको सबैभन्दा अग्लो भवनमा आगलागि

dubai1फागुन ९ ।दुबई, दुबईस्थित रहेको ७९ तला अग्लो ३३६.१ मिटर उचाइको संसारको सबैभन्दा अग्लो भवनमा आगो लागेको छ।
तिब्र हावाका कारण मरिना जिल्लास्थित १,१०५ फुट अग्लो गगनचुम्बी भवनमा आगो तिब्रताका साथ फैलिएको छ।
बीबीसीले प्रसार गरेको समाचार अनुसार आगोले चारैतिर घरेको थियो । भवन ढल्नसमेत थालेको बताइएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन । भवनमा रहेका सयौ नागरिकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। अहिलेसम्म मानवीय क्षतिको खबर छैन ।भवनमा रहेका एक परिवारका अनुसार आगो ५०औं तलाबाट सुरु भएको हो । घटनास्थलमा ठुलो संख्यामा दमकल र एम्बुलेन्स परिचालन गरिएको छ। सामाजिक संजालमा पोष्ट गरिएका तस्वीरहरुमा पग्लँदै गरेको शिशा र भत्कँदै गरेको भवन देखिएको छ ।संसारको सबैभन्दा अग्लो भवनका रुपमा यो परिचित छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु