इजरायल स्थित सागरमा हजार वर्ष पूराना सुनका सिक्का फेला

फागुन ७ ।इजरायल,गोताखोरहरुले इजरायलस्थित भूमध्य सागरको पिँधमा अहिलेसम्मकै सबैभन्दा ठुलो खजना हात पारेका छन् ।

इजरायली अधिकारीहरुका अनुसार खोताखोरहरुले एक हजार वर्ष पूराना सुनका २ हजार बढी सिक्का फेला पारेका हुन् ।

गोताखोरहरुले यसलाई पहिला खेलौना ठाने पनि उनीहरुले तत्कालै सुनका सिक्का पहिचान गरेका थिए ।
गोताखोरहरु एउटा प्राचीन बन्दरगाहको खोजीमा रहेका बेला यसरी सुनका सिक्का फेला पारेका हुन् । विशेषज्ञहरुका अनुसार यी सिक्का फतिमी खलीफाहरुको पालाको हो ।
यी खलीफाहरुले मध्यपूर्व र उत्तरी अफ्रिकामा सन् ९०९ देखि ११७१ सम्म शासन गरेका थिए । इजरायली सरकारले यो सिक्कालाई अब सरकारी सम्पत्ति बनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु