कांग्रेस र एमाले वार्ताका लागि तयार नभए देश मुठभेडमा जान्छ : प्रचण्ड

पोखरा, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अल्पमत र बहुमतको कुरा गरेर मुलुक मुठभेडमा जाने बताउँदै कांग्रेस र एमाले वार्ताका लागि तयार नभए देश मुठभेडमा जाने बताउनु भयो ।मंगलबारदेखि पोखरामा शुरु भएको अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न याँहा आउनु भएका एमाओवादी अध्यक्ष प्रचण्डले १२ बुँदे सहमतिका सहयात्री दलहरु वार्ताका लागि तयार हुनुपर्ने बताउनु भयो ।पत्रकार भेटघाटमा उहाले कांग्रेस र एमालेले जनतालाई संविधान नभई भ्रम मात्रै दिने काम गरेको बताउनु भयो ।

उहाले देश मुठभेडमा गए कांग्रेस एमालेले नै त्यसको जिम्मेवारी लिनुपर्ने उनले चेतावनी दिनु भयो ।
प्रचण्डले ३० दलीय मोर्चाले आन्दोलन अगाडि बढिसकेको उल्लेख गर्दै पहिलो चरणको अन्तिम कार्यक्रम स्वरुप फागुन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्न लागिएको बताउनु भयो । पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले वर्तमान सरकार संसारकै भ्रष्ट भएको टिप्पणी गर्नु भयो । प्रधानमन्त्रीले नै मन्त्री भ्रष्ट भएको भनेकाले भ्रष्ट मन्त्री सरकारमा बसिरहन नमिल्ने उहाले बताउनु भयो । प्रचण्डले भ्रष्ट मन्त्रीलाई तत्काल कारवाही गर्नुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा नेता अग्नि सापकोटा, देवेन्द्र पौडेललगायतका नेताहरु उपस्थित हुनु भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु