शत प्रतिशत भत्ता दिनु बेठिक :सभासद

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना कर्मचारीलाई शतप्रतिशत भत्ता वृद्धि गर्नु पर्ने माग राखेका छन ।
आयोगका कर्मचारीले पाउनु पर्ने तलब बराबरको भत्ता दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । संसदका अर्थ समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपषिदको कार्यालयका सचिव शान्तराज सुवेदीले शुक्रबार यस्तो जानकारी गराउनु भएको थियो ।
अख्तियारको उक्त्त प्रस्तावलाई सभासदहरुले भने अस्विकार गरेका छन ।
अख्तियारका कर्मचारी आफैं बार्गेनिङमा संलग्न रहेको भन्दै सभासदहरुले शत प्रतिशत भत्ता दिनु ठीक नहुने धारणा राखेका थिए । कर्मचारीहरुमा विभेद हुने र दुई दर्जाका कर्मचारी रहने जस्तो व्यवस्था ठीक नहुने भन्दै शत प्रतिशत भत्ताको सभासदले विरोध गरेका हुन् ।

अर्थ समितिले संस्थान/आयोजना/योजनाको नाममा रहेका सवारी साधनहरुको विवरण र सवारी साधन प्रयोग गर्ने पदाधिकारीको विवरण मागेको छ ।

त्यस्तै संस्थान तथा आयोजनाहरुको गाडी अनधिकृत रुपमा उपलब्ध गराइएको भए सो व्यक्तिको विवरण समेत एक महिनाभित्र समितिमा उपलब्ध गराउने निर्देशन दिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु