संविधान निर्माणको सवालमा अस्ट्रेलियामा सँयुक्त्त पत्रकार सम्मेलन

असनेपालन्युज ,सिड्नी । पहिचान सहितको संघिय राज्य स्थापना हुने गरि सहमतिको आधारमा संविधान बनाउन अस्ट्रेलियाका विभिन्न संघ -संस्थाहरूले माग गरेका छन्। यदि संघियता र पहिचान युक्त्त संविधान नबनेमा देश पुन: अशान्तिको बाटोमा जाने हुंदा यस प्रतिसबै सरोकारवाला निकाय को ध्याIMG_0063 (2)न जानु पर्ने बताउंदै विभिन्न वक्ताहरूले सबैलाई सुहाउने संविधान ल्याउन जोड दिए। नेपाली संघिय समाज अस्ट्रेलिया ,नेपाली जनप्रगतिशिल मन्च अस्ट्रेलिया ,नेपाली आदिवासि जनजाति मन्च अस्ट्रेलिया ,लिम्बुवान समाज अस्ट्रेलिया द्वारा सिड्निको क्यान्टुवरिमा आयोजित सँयुक्त्त पत्रकार सम्मेलनका आयोजकहरूले सो धारणा राखेका हुन्। उनिहरूले नेपाली जनताले अहिले सम्मका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संबिधानसभा बाट संबिधान चाहेका छन्। उनीहरु सकेसम्म सहमतिबाट,सहमति असम्भव नै हो भने मतदानको प्रकृयाबाट भएपनि संबिधान आओस भन्ने चाहन्छन्।देशले हरहालतमा संबिधान पाउनु पर्यो। जनताको यो भावनाको हामी सबैले सम्मान गर्नु पर्दछ भन्ने कुरामा वक्ताहरूले जोड दिए। सो अवसरमा सँयुक्त्त मोर्चा का संयोजक तथा नेपाली संघिय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङले नागरिकहरूले सदैव देशप्रति सजग रहनु पर्ने बताउंदै अाफुहरूले संघियता र पहिचान सहितको संविधान नल्याए सम्म देश-विदेशबाट विरोधको स्वर जारी राख्ने र यसै बमोजिम सभामुखको पुत्ला दहन , राजदुतावास मार्फत सरकालाई पत्र प्रेषण जस्ता कार्य गरेको बताउनु भयो । सभामुखको पुत्ला दहनगर्दा ब्यापक विरोध आयोनी त भन्ने प्रश्नको जवाफमा उहांले ‘सभामुखले राजनीतिक कार्यकर्ताको भूमिका खेलेर सहमतिको बाटो ‘बन्द गरेकाले उनको यो गलत निर्णय लाई विरोध गरेको बताउनु भयो । सो अवसरमा निन्फा का अध्यक्ष चित्र तुम्वाहाम्फे ले पहिचान माग्दा त्यसमा कन्जुस्याई गर्नु पुरातन सामन्ति सोचको पारीणति भएको उल्लेख गर्दै यसले जनतालाई निरन्तर संघर्षमा उतार्ने जोड दिनु भयो । यस्तै जन प्रगतिशिल मन्चका महासचिव हिमलाल गैरेले शान्तिप्रक्रियाको आधा हिस्सा रहेको माओवादी र विभिन्न सम्झौताका हस्ताक्षरकारी मधेसवादी/जनजाति शक्तिहरुको पूरै विरोधका वीचमा सभाध्यक्षले एकपक्षीय निर्णय गर्दा यसले समस्यालाई लाम्ब्याएको धारणा राख्नु भयो । यस्तै संघिय लिम्बुवान समाज अस्ट्रेलियाका अध्यक्ष मनुराज निम्लेकु ले गलत संविधान बन्नु भन्दा सबैको मर्म समेटेर संबिधान बन्नु पर्ने बताउअनु भयो । कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफ दिंदै आयोजकहरूले विदेशमा बस्ने नेपालीहरूले देश प्रतिको जिम्वेवारी ब्यक्त गर्न पनि यसरी संघर्षका अभियान जारि राख्नु परेको बताइयो । स्मरणिय छ सो संयुक्त मोर्चाले यस अघि सोहि स्थानमा सभामुखको पुत्ला दहन गरेको थियो ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु