पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा तथा डिजेल र मटि्टतेलमा १ रुपैयाँ ५० पैसा मूल्य घटाइएको छ ।

मूल्य समायोजनपछि पेट्रोल एक लिटरको १ सय ९ रुपैयाँ पर्ने छ । यस्तै डिजेल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्ने छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने घटबढको आधारमा आयल निगमले नेपालमा पनि मूल्य समायोजन गर्दछ ।

भारतीय आयल निगमबाट आएको नयाँ मूल्य सूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु