२०४७ को संविधान ब्युताउन कोशिस गरिएको छ :नेता भट्टराई

काठमाण्डौ,एमाओवादीका नेता बाबुराम भट्टरार्इले सहमतीय संविधान जारी गरिनुपर्ने आफूहरुको अडान विपरित सत्तारुढ दल कांग्रेस र एमाले बहुमतीय प्रक्रियमा गएर प्रतिगामी संविधान ल्याउन लागेको आरोप लगाउनु भएको छ ।सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका लागि प्रश्नावली समितिको प्रस्ताव गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदे उहाले सत्तापक्षीय दलहरुले विभिन्न बहानामा संविधानसभाको हत्या गर्को बताउनु भएको छ । नेता भट्टराईले देश २०४७ सालको संविधान ल्याउने बाटोमा अघि बढेको आरोप लगाउनु भयो ।
उनले सत्तारुढ दलहरु प्रतिगामी बाटोमा अघि बढेकाले त्यसको प्रतिवाद गर्नसमेत आह्वान गरेका छन् ।
“दशौं हजार जनताको बलिदानबाट प्राप्त संविधानसभाको आत्माको आज वस्तुत हत्या भएको छ” आइतबार बाबुरामले ट्वीट गर्दै लेख्नु भएको छ । “अब २०४७ को संविधान नयाँ खोलमा जारी गर्ने बाटो खुलेको छ।”

Comments

comments

सम्बन्धित शिर्षकहरु