एमाले काङ्रेससँग आत्मसमर्पण गर्दैनौ :नेता महरा

krishna bdr maharaमाघ ४ । काठमाडौं,एमाओवादी नेता कृष्णबहादुर महराले कांग्रेस-एमाले अझै पनि पेलेर अगाडी बढ्न खोजे आफुहरुले आत्मसमर्पण नगर्ने बताउनु भएको छ ।बिहानदेखि सुरु भएको संविधानसभा बैठकमा बोल्दै नेता महराले कांग्रेस-एमालेले ल्याएको नौबुदेँ अवधारणा बाहिरी शक्त्तिको आदेशमा तयार गरेको आरोप लगाउनु भयो ।

उहाले त्यो शक्ति लोकतन्त्र विरोधी भएको भन्दै काङ्रेस र एमालेलाई अझै पनि आफूहरुसँग सहमति गर्न आग्रह गर्नु भयो । नेता महराले अब ४ दिनमा संविधान बन्न नसक्ने बताउनु भयो । शुक्रबार देखि सुरु संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको छैठौं प्रतिवेदनमाथिको छलफल गर्नको लागि आइतबार बिहानदेखीबिहानदेखि संविधानसभाको बैठक जारी रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु