साथीको छुरा प्रहारबाट युवकको मृत्‍यु

माघ ४ ।काठमाडौ,मदिराको नसामा झगडा गर्ने क्रममा साथीले प्रहार गरेको छुराबाट २१ वर्षीय प्रज्ज्वल भण्डारीको मृत्‍यु भएको छ ।बिहीबार बेलुका गोंगबु-५ स्थित नेचर हाइस्कुलनजिक बस्ने भण्डारीको साथीसँगको झगडामा मृत्यु भएको हो ।

साथी नवीन लम्सालसँग भन्डारीको झगडा भएको थियो । प्रहरीका अनुसार लम्साल गितार लिन भण्डारीको घरमा जाँदा विवाद भएको थियो । त्यसक्रममा घरमा होइन,चउरमा भिड्ने भन्दै भन्डारीको ज्यान गएको हो ।साथी नवीन लम्सालसँग उनको झगडा भएको थियो । प्रहरीका अनुसार लम्साल गितार लिन भण्डारीको घरमा जाँदा विवाद भएको थियो । त्यसक्रममा घरमा होइन,चउरमा भिड्ने भन्दै उनीहरु निस्किएका थिए । भण्डारीले लम्साललाई लडाएर मुक्का हान्न थालेपछि लम्सालले आफूसँग रहेको छुरा निकालेर हानेका थिए । कोखा र निधारमा छुरा लागेका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

छुराले आक्रमण गरेपछि लम्साल भागेका थिए । परिवारका सदस्यले उनलाई बेहोस अवस्थामा भेट्टाएर अस्पताल पुर्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । लम्साललाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख डिएसपी सानुराम भट्टराईले बताउनु भएको बताउनु भयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु