उत्तेजित गुप्तांग शान्त पार्न २ पिन्ट रगत झिकियो !

uttejanaराती यौन सम्पर्क गरेर सुतेका युवकको लिंग अर्को दिनभरी पनि शान्त नभए के होला? यस्तै अचम्मको घटना भएको छ बेलायतमा ।

अघिल्लो रात आफ्नी गर्लफ्रेण्डसँग सहवास गरि सुतेका एक युवकको गुप्तांगको उत्तेजना नहटे पछी त्यसलाई शान्त पार्नका लागि डाक्टरहरुलाई समेत हम्मे हम्मे पर्यो । युवकको लिंग लगातार १७ घण्टासम्म उत्तेजित भैरहेपछि डाक्टरहरुले उनको लिंगमा भरिएको दुइ पिन्ट रगत बाहिर निकाल्नुपरेको छ ।

डाक्टरहरुले यसरी उत्तेजित लिंगको रगत निकाल्नुअघि रक्तप्रवाह कम गर्नका लागि २४ वटा सुइ लगाइदिए ।

बेलायतको नर्थ योर्कसायरमा होटलमा काम गर्ने २३ वर्षका ज्यासन गार्नेटले गुप्तांगलाई शान्त पार्न धेरै प्रयास गरे, तर सकेनन् । उनले लिंगलाई शान्त पार्नका लागि बरफले सेक्ने, चिसोले नुहाउनेदेखि लिएर जगिङ समेत गरे । तर त्यसले काम नगरेपछि उनी अस्पताल पुगे ।

डाक्टरहरुले गुप्तांगमा जमेको रगत बल्लतल्ल निकाली उनको लिंगको उत्तेजना हटाइदिएर सामान्य अवस्थामा ल्याइदिएपछि उनले आफुले नयाँ जिवन पाएको बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु