पोखराका महिलाद्वारा ३० दलीय मोर्चाले गरेको बन्दको विरोध

पुस २७ ।पोखराका महिला तथा आमा समूहले एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको बन्दको अवज्ञा गरेका छन । संविधानको टुङो लगाउनु पर्ने अन्तिम समय अाइपुग्दा यसप्रति गम्भिर हुने पर्ने दलहरुले बन्द गर्न नहुने भन्दै महिलाहरुले बन्दको विरोध गरेका हुन ।

३० दलीय मोर्चाले आज तमुवान र मगरात क्षेत्र बन्दको आह्वान गरेको थियो ।

लेकसाइड क्षेत्रको जगदम्बा आमा समूहको नेतृत्वमा महिलाहरु बन्द विरोधी नारा लगाउँदै सडकमा उत्रिएका हुन् । उनीहरुले बन्दले जनताको सास्ती र दुःख दिने भएकाले बन्द सधैंका लागि बन्द गर्नुपर्ने नारा लगाएका थिए ।

बन्द गरेर संविधान नबन्ने भएकाले बन्द फिर्ता लिएर जनतालाई राहत दिन पनि उनीहरुले माग गरे । यिनै महिला र आमा समूहले २०६६ र २०६७ मा पनि बन्द हुँदा निरन्तर यस्तै विरोध प्रदर्शन गरेका थिए ।

सम्बन्धित शिर्षकहरु