बलदेवलाई खुकुरीले हान्ने जयबहादुर ६ बर्ष पछि जेल चलान

पुस २४ । कञ्चनपुर, बलदेव विष्टमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका जयबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान टोलीले जयबहादुरलाई पक्राउ गरेको हो ।
६ बर्ष अघि कञ्चनपुरको बेल्डाँडीका बलदेवलाई खुकुरीले हानेर घाइते बनाएर जयबहादुर फरार भएका थिए ।
बेल्डाँडी बजारमा विष्टको नेतृत्वमा तीन जनाले विसं २०६५ मा बलदेव विष्टमाथि खुकुरी प्रहार गरेका थिए ।घाइते विष्टले जयबहादुरसहित तीन जना विरुद्ध कर्तव्य उद्योगमा मुद्दा दायर गरेपछि जिल्ला अदालत कञ्चनपुरले २०६९ पुस २५ गते एक महिना १५ दिन कैद र रु चार लाख ५० हजार जरिवाना तोकेको थियो ।
जरिवाना रकम तिर्न नसकेपछि विष्टलाई १० वर्षका लागि हिजो कारागार चलान गरिएका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु