सिन्धुपाल्चोकमा विश्वकै ठुलो १०८ फिट अग्लो बुद्धको मूर्ति बनाइने

पुस २३ । सिन्धुपाल्चोक,पर्यटकीय नगरी हेलम्वूलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न सिन्धुपाल्चोकमा संसारकै अग्लो बुद्ध मूर्ति स्थापना गरिने भएको छ ।सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सभासद तथा एमाले नेता शेरबहादुर तामाङले संसारको अग्लो बुद्धमूर्तिको शिलान्यास गरे । बुद्धमूर्ति शिलान्यासपछि यस क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्दै बुद्धभूमि निर्माण गर्ने अभियान शुरु भएको सभासद तामाङले बताए ।
चार बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको सो मूर्ति निर्माण गर्न साढे पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यो बुद्ध मूर्ति स्थापना गर्न स्थानीयबासीले व्यक्तिगत रुपमा रकम संकलन गरेका छन् । साथै अन्य दातृ निकायलाई पनि सहयोगका लागि अनुरोध गरिएको निर्माण समितिका अध्यक्ष फुर्वा ह्योल्मोले बताए ।

१०८ फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्न चार चरणको योजना तयार गरिएको छ । सिन्धुपाल्चोकको किउल ९ मा स्थापनको लागि यहाँ रहेको नोर्वुलिङ बुद्ध केन्द्र किउलले गुरुयोजना तयार गरेको हो ।
हेलम्वू क्षेत्र बुद्ध भूमि भएका कारण यसलाई बौद्धमार्गीहरुको पवित्र तिर्थस्थलका रुपमा बिकास गर्न संसारकै सबैभन्दा ठूलो बुद्ध मूर्ति स्थापना गर्न लागिएको सभासद तामाङले बताए ।
यसका लागि सडक र पर्यटन विकासको गुरु योजना पनि तयार भएको छ । सडक सुधारका लागि सरकारी निकायबाट बजेटको ब्यवस्थासमेत भईसकेका कारण धार्मिक पर्यटनका रुपमा यस क्षेत्रले छिट्टै विकास पाउने स्थानीयको बिश्वास छ ।
हेलम्वू क्षेत्रमा बौद्धमार्गी हृयोल्मो जातीको बसोवास छ । यस क्षेत्रमा काटमार समेत नगर्ने उनीहरु विश्वशान्तिको कामनासहित अघि बढेको बताउँछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु