भिषण आगलागीका कारण भिक्टोरिया र दक्षिण अस्ट्रेलियामा संकटकाल घोषणा

fire in Australia

एजेन्सीको सहयोगमा/

पुस १९, सिड्नी- बर्सेनि जस्तो आगलागीका घटना हुने अष्ट्रेलियामा यस बर्ष पनि भिषण आगलागी भएको छ । अस्ट्रेलियाको भिक्टोरिया र दक्षिनी अस्ट्रेलियाका जङ्गल र बस्ति आसपासका क्षेत्रमा भएको आगलागी नियन्त्रण भन्दा बाहिर गएपछि कयौं घरहरु जोखिममा परेका छन् । ती दुइ राज्यका प्रहरीले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गर्दै मानिसहरुलाई घर छाडेर सुरक्षित स्थान तर्फ आह्वान गरेका छन् ।

हाल सम्म १२ हजार हेक्टर जमिन र जंगल खरानी बनाइसकेको सो आगलागी नियन्त्रणका लागि अहिले ३०० जना अग्नि नियन्त्रक हरु भिडिरहेका छन् । यध्यपी आगो नियन्त्रणमा आउन अझै ३, ४ दिन लाग्न सक्ने बताइएको छ ।

अष्ट्रेलियामा गर्मी महिनामा चर्को गर्मीका कारण जंगल र झाडीयुक्त क्षेत्रमा बर्षेनी भीषण आगलागी हुने गरेको छ । साउथ अष्ट्रेलियाको अग्नि नियन्त्रक एकाइका प्रमुखले एडिलेड शहरको उत्तरपूर्वी क्षेत्र एडिलेड हिल्समा लागेको आगो ३२ बर्षयताकै ठूलो भएको बताएका छन् । सन् १९८३ मा सो स्थानमा भएको आगलागीमा ७५ जनाले ज्यान गुमाएका थिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु