धामीको आवरण भित्र बलात्कारी चरित्र

पुस १९, धरान – झारफूक गरि रोग निको पार्ने नाममा धरानका एक धामीले बिरामी महिलामाथि बलात्कार गरेको घटना बाहिर आएको छ । धरान १६ की एक पीडितले धामीले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उसको कर्तुत बाहिर आएको हो।

झापा घर भई हाल मोरङको उर्लाबारी २ मा झारफुक केन्द्र खोलेरै बसेका ३८ वर्षीय धामी कमलबहादुर सञ्ज्यालले बलात्कार गरेको ती महिलाको आरोप छ । गत पुस १५ गते झारफुक गर्न आएका बेला महिलाका आफन्त तथा श्रीमानलाई केही सामग्री विर्सजन गर्नुपर्छ भन्दै खोलातिर पठाएइ बलात्कार गरेको ती महिलाले प्रहरीमा बयान दिएकी छन्।

बलात्कारमा परेको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको थियो। महिलाको बच्चा नभएपछि ती धामीलाई देखाउँदा बच्चा हुन्छ भन्दै छिमेकीहरुले भनेपछि उनलाई बोलाएर झारफूक गराइएको थियो।

धामी बिरुद्द मुद्दा चलिसकेको छ। उनलाई जर्वजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ। जर्वजस्ती करणी महलमा उनलाई ५ देखि ७ वर्षसम्मको कैद र क्षर्तिपूर्ति भराउने प्रावधान छ।

सम्बन्धित शिर्षकहरु