फेरी घट्यो तेलको मूल्य ! अब पेट्रोल ११३ रुपैयाँ ५० पैसा, डिजल र मट्टीतेल ९० रुपैया लिटर

Petrol-Pumpपुस १८, काठमाडौँ – केहि समय देखि निरन्तर घटिरहेको तेलको मूल्य नेपालमा फेरी घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको हो ।

नियम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा २ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

स्वचालित मूल्य प्रणाली लागू भएपछि निगमले लगातार पेट्रोलियम पदार्थको मूल्य घटाउँदै आएको छ । झण्डै साताअघि मात्रै पनि निगमले मूल्य घटाएको थियो ।

नयाँ मूल्य अनुसार पेट्राल प्रतिलिटर ११३ रुपैयाँ ५० पैसा भएको भने डिजेल र मटितेल प्रतिलिटर ९० रुपैयाँ भएको छ

सम्बन्धित शिर्षकहरु