बिबाह समारोहमा रकेट आक्रमणमा परि २० जनाको मृत्यु

पुस १७, काबुल : अफगानिस्तानको हेल्मन्ड प्रान्तमा अफगान सैनिक र तालिबान लडाकुबीच एक ठूलो लडाई चलिरहदा त्यहाँ भैरहेको एक विवाह समारोहमा रकेट खस्दा २० जनाको मृत्यु भएको छ।

रकेट बिवाह समारोह चलिरहेको घरभित्र खसी बिष्फोट भएको थियो ।  रकेट विस्फोट हुँदा ४० जना घाइते भएका जानकारी अफगानी अधिकारीहरूले दिएका छन्।

मृत्यु हुने र घाइते हुनेमा बिवाह समारोहमा आउने पाहुनाको स्वागतका लागि बसेका अधिकांश महिला र बालबालिका छन्। रकेट बिस्फोटपछी  घर मालिकका नौ जना बाल बच्चा बेपत्ता भएको बताइएको छ। घाइतेहरूको हेल्मन्डको राजधानी लस्कर गाहको अस्पतालमा उपचार भइरहेको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु