एयर एसियाको विमान वेपत्ता

air-asiaपुस १३ । इन्डोनेनेसियाबाट सिंगापुर आउँदै गरेको एयर एसियाको विमान एयरबस ए ३२०-२०० बेपत्ता भएको छ।एयरलाइन्स कम्पनी एयर एसियाले ट्वीट गरेर दिएको जानकारीअनुसार विमान संख्या क्युजेड ८५०१ को एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको छ।

इन्डोनेसियन मिडियाका अनुसार विमानमा १६२ जना यात्री र चलाक दल सदस्य छन् । विमान इन्डोनेसियाको सुराबाया सहरबाट उडेको थियो । कम्पनीका अनुसार विमान स्थानीय समयअनुसार ७.२४ मा जाकार्ता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो।

कम्पनीका अनुसार विमानको खोजी र उद्धारका लागि अभियान सुरु गरिएको छ।

उड्ड्यन मन्त्रालयका अधिकारी हादी मुस्तफाका अनुसार विमानसँग सुराबाया सहर र सिंगापुरबीचमा रहेको जाभा सागरबाट सम्पर्कविहीन भएको हो ।

अधिकारीले भने, सम्पर्क टुट्नुअघि विमानले एउटा सामान्य रुटको माग गरेको थियो ।

एयर एसियाका अनुसार विमानमा रहेका यात्री र चालक दलका बारेमा आफूहरुसँग कुनै जानकारी नरहेको जनाएको छ। उसले सम्बन्धित सबैलाई यस विषयमा सूचना दिने बताएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु