संघीय सदभावनाले अब सरकारलाई समर्थन नगर्ने

anil-jha-600x250जनकपुर,कांग्रेस र एमाले मधेशी जनताको हित विपरित रहेको भन्दै अनिला झा नेतृत्वको संघीय सदभावना पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झाले बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरि सुशील कोईराला नेतृत्वको सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएको घोषणा गरेका छन ।
संविधानसभामा एक जना सभासद रहेको संघीय सदभावनाले नेपाली कांग्रेस र नेकपा एमाले मधेसी हक अधिकार दिन सकरात्मक नरहेको भन्दै समर्थन फिर्ता लिएको अध्यक्ष झाले बताए । उनले मधेसवादीदलको संयुक्त मोर्चा लोकतान्त्रिक मधेसी मोर्चामा बुधबारदेखि सहभागि हुने पनि घोषणा गरेका हुन ।
त्यसैगरी एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा पनि आफू सहभागि भएको उनले बताए । मधेसीलाई हकअधिकार सम्पन्न बनाउन सबै मधेसवादी दल एक पार्टी भएर अघि नबढ्नुको विकल्प नरहेको समेत उहाँको भनाई छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु