प्रमुख तीन दलले निष्कर्ष निकाल्न सकेन

tin dalपुस ८ ।काठमाडौ,एमाओवादीले मधेसी दलसहितको बैठकमा मात्रै छलफल हुनसक्ने अडान लिएको कारण मंगलबार बिहान बसेको मुख्य तीन दलको शीर्ष बैठकमा कुनै निष्कर्ष निस्कन सकेन ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका शीर्ष नेताहरु सहभागी थिए।
बैठकमा केही छलफल भए पनि निश्कर्ष केही आएको छैन। एमाओवादीले तीन दलको बैठक बस्‍नुको कुनै अर्थ नरहेकाे बताउँदै मधेसी दलसहितको बैठकमा मात्रै छलफल हुनसक्ने अडान लिएर बाहिरिएपछि बैठक सकिएको हो।

बैठकमा तीनै दलले पुरानै अडान प्रस्तुत गरेक थिए। मधेसी दलहरुसहितकाे तीन दलको बैठक पुनः अपरान्ह बस्ने निर्णय गरिएको छ ।

सम्बन्धित शिर्षकहरु