अधिकारीको अन्येष्टिको वातावरण बनाउ :मानव अधिकार आयोग

National-Human-Rights-Commission-Logoकाठमाडौँ,राष्ट्रिय मानव अधिकार आयोगले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको तत्काल अन्तेष्टि गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । आफ्नो छोराको हत्यासम्बन्धी घटनाका दोषीहरूलाई फौज्दारी अभियोगमा मुद्दा चलाउन माग गर्दै वीर अस्पतालमा अनशनमा रहेका अधिकारीको गत असोज ६ गते निधन भएको थियो ।

उनका छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा–माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको र सो घटनापछि उहाँको परिवार आन्तरिकरूपमा विस्थापित भई न्याय प्राप्तिका लागि लामो समयसम्म सङ्घर्षरत रहेकै अवस्थामा उनको मृत्यु हुनु र हालसम्म सांस्कृतिक परम्पराअनुसार उनको दाहसंस्कार हुन नसक्नु मानव अधिकारको दृष्टिकोणले दुःखद् र दुर्भाग्यपूर्ण अवस्था रहेको आयोगले जनाएको छ ।
सरकारले गत असोज ३१ गते अधिकारीकी धर्मपत्नी गङ्गामाया अधिकारीसमक्ष उनको पतिको स–सम्मान दाहसंस्कार गर्ने र छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई अविलम्ब कारबाही गर्ने लगायतका पाँचबुँदे लिखित प्रतिबद्धता गरेको थियो ।
आयोगले नेपालको अन्तरिम संविधान, २०६३’ को धारा २३ को धर्मसम्बन्धी हक र ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’को धारा २७ मा उल्लिखित धार्मिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रावधान अनुरूप उहाँको धार्मिक परम्परा अनुसार दाहसंस्कारका लागि आवश्यक वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता मोहना अन्सारीले जानकारी दिइन ।
आयोगले सो घटनाको दोषीमाथि कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई २०६४ चैत २३ गते सिफारिस गरेको र सो हत्या प्रकरणसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिँएको छ ।

सम्बन्धित शिर्षकहरु