वार्ता र संघर्ष जारी राख्छौ : सङ्घीय गठबन्धन

काठमाडौँ,एकीकृत नेकपा माओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सरकारमा रहेका दलहरु सहमतिको आधारमा संविधान जारी गर्न तयार नभएको आरोप लगाएको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दल र संविधानसभा बाहिर रहेका ११ साना दलको संयुक्त बैठकले वार्ता र संवादलाई जारी राख्दै सङ्घर्ष अगाडि बढाउने घोषणा गरेको छ ।

गठबन्धनले शान्तिपूर्ण सङ्घर्षका कार्यक्रमहरू निर्णय गरेको समाजवादी जनता पार्टीका अध्यक्ष एवम् सभासद् प्रेमबहादुर सिंहले जानकारी दिए ।

बैठकले विगतको सहमति र सम्झौता अनुसार संविधान जारी गर्नका लागि नेपाली काँग्रेस र नेकपा(एमाले)सँग वार्ता र सम्वादको प्रक्रियालाई जारी राख्ने तथा अन्य दलहरूलाई समेत गठबन्धनमा समावेश गराउने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

 

सम्बन्धित शिर्षकहरु