नगण्य छन शताब्दी पुरुष सत्यमोहनका योगदानहरु

नेपाली लोकसंस्कृतिका लागि पहिलोपटक गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित सत्यमोहन, बाबु शंकर जोशी र आमा राजकुमारीका जेठा सुपुत्रका रुपमा विसं १९७७ साल बैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् तीन पटक सम्म मदन पुरस्कार पाउन सफल नेपालका संस्कृतिविद् सत्यमोहन जोशीले वि.सं २०१३, वि.सं. २०१७, वि.सं. २०२८ मा मदन पुरस्कार पाएका हुन् । छन्। उनले पहिलोपटक वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय नामक ग्रन्थका लागि दोस्रो पटक वि.सं २०१७ सालमा र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रुपमा तेस्रोे पटक पनि वि.सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे। सत्य मोहन जोशी साहित्यकार पनि हुन्। उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका छन्। उनले वि.सं. २०१३ सालमा लोक संस्कृतिमा मदन पुरस्कार प्राप्त गरेका थिए। जोशी वि.सं. २०१५मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए। वि.सं. २२०१६ सालमा पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे। जसबाट जोशीले दोस्रो पटक मदन पुरस्कार हात पारे।

नेपाली भाषा कला, संस्कृतिको संरक्षण संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरुप जोशीलाई सुप्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारबापत पनि उनी उज्ज्वल कीतिर्मान राष्ट्रदीपले सम्मानित भएका छन् ।

satyamohan 3सत्यमोहन जोशीले जीवनभर संस्कृति र साहित्यको सेवामा बिताए । कहिले कर्णालीका कुना कन्दरा पुगेर लोकसंस्कृतिका केस्रा केस्रा केलाए, कहिले अरनिकोको पदचाप पहिल्याउदै चीनका विभिन्न सहर पुगे । कहिले राष्ट्रिय मुद्राबारे खोजी अनुसन्धान गरे ।
एक समय पुरातत्त्व विभागको निर्देशक बनेका जोशी पदबाट बलजफ्ति हटाएपछि उनी चीन गएका थिए । सत्यमोहन जोशी चीन गएपछि नँया कुराको खोजीमा लागे । त्यसैले नेपाली भाषाकोे परिमार्जन र विद्यार्थीको स्तर उकास्ने काममा पनि उनी लागे ।
उनी १३ औ शताब्दीमा नेपालबाट चीन पुगेका नेपाली कलाकार अरनिकोका बारेमा अध्ययन, अनुसन्धान र चिन्तन गर्न लागे । श्वेत चैत्यको निर्माण नेपाली वास्तुकलाविद् अरनिकोले आजभन्दा सात सय बर्षअघि अर्थात् सन् १२७१ मा युआन वंशका सम्राट्द्वारा त्यस बेला कार्यान्वित गर्न लगाएका प्रमुख योजनाहरु अन्तर्गत सुरु गरी जम्मा ८ बर्ष लगाएर सन् १२७९ मा पूर्ण गरेका थिए । चीनको राजधानी पेकिङको मध्यभागमा श्वेत चैत्य अवस्थित भएको कुरा सत्यमोहन जोशीले चीनमा पुगे ताक सुरुमै देखेका थिए ।
Satya-Mohan-Joshi 1त्यही क्रममा चीनभरि छरिएका अरनिकोका सामग्री जोशीले भेला पार्ने काम गर्न थाले ।सत्यमोहन जोशी सर्वप्रथम २०१६ सालमा चीन गैसकेका थिए । त्यहाबाट फर्केपछि उनले अरनिकोका विषयमा व्याख्या विश्लेषण सहितको एउटा लेख पनि लेखे । त्यो लेख उनी आफु पुरातत्तव विभागको निर्देशक भएपछि छापेका थिए । यसै बिषयमा सत्यमोहन जोशीले “कलाकार अरनिको” ९२०४४० नामक कृतिमा लेखेका छन् ।
अरनिकोलाई नेपालको राष्ट्रिय विभूति बनाउन पनि सत्यमोहन जोशीको ठूलो हात रहेको छ । उनी चीन गएर नेपाल फर्केपछि उनले अरनिकोको बिषयमा व्यापक प्रचारप्रसार गरे । त्यसपछि मात्र नै अरनिकोका नाउमा हुलाक टिकट पनि निक्ल्यो । त्यो टिकट निकाल्ने बिषयको पनि एउटा सानो कथन छ । २०४० सालमा चीनका राष्ट्रपति ली सियन नियनले नेपालको राजकीय भ्रमण गरेताका राजा वीरेन्द्रलाई उनले एउटा पुस्तक उपहार दिएका थिए । त्यस पुस्तकको नाँउ “सत्धर्म सूत्र” हो । राजा वीरेन्द्रले त्यो उपहारलाई धेरै मन पराएका थिए । त्यस कृतिमा नेवारीका भूमिबल लिपिमा लेखिएको तालपत्रमा लेखिएको ग्रन्थ तिब्बत पुगेको रहेछ । त्यहाँबाट त्यो ग्रन्त पेकिङमा पुगेको रहेछ । त्यहाको अल्पजातिमा रहेको संग्रहालयमा त्यस ग्रन्थलाई पनि राखिएको जोशीले थाहा पाए । त्यो ग्रन्थ राजा वीरेन्द्रको चीनको राजकीय भ्रमणका अवसरमा चीन पनि पुग्यो र राजाकै हातबाट चीनका राष्ट्रपतिमा समर्पण गरिएको थियो ।
सत्यमोहन जोशीले लेखेको ‘कलाकार अरनिको’ राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०४४ सालको सर्वोत्कृष्ट कृतिका रुपमा घोषित भयो । जर्मनीमा आयोजित विश्व पुस्तक प्रदर्शनी पनि त्यो ग्रन्थ पुगेको रहेछ । त्यहा पनि त्यो ग्रन्थले प्रशंसित हुने मौका पाएको थियो ।
सत्यमोहन जोशीले आफू चीन बसेको बेला अरनिकोको शैलीचैत्य बिषयलाई लिएर एउटा महाकाव्य पनि लेखे । उनले त्यो महाकाव्य आफ्नै मातृभूमी अथवा नेपाल बारेमा लेखेका थिए । अनि त्यो ग्रन्थ पनि चचिर्त भएको थियो ।
सत्यमोहन जोशीले जसरी अरनिकोलाई समाते पछि गएर यो लहर राजादेखि जनतासम्म पनि पुग्यो । अन्ततः नेपाल सरकारले अरनिकोलाई राष्ट्रिय विभूतिका रुपमा घोषणा पनि गर्यो ।
सत्यमोहन जोशीले ह्लासाबाट अरनिकोले बनाएको चैत्यको फोटो खिचेर नेपाल ल्याए । उनले फोटोको रिल धुन एउटा स्टुडियोलाई दिए । तर रिल धुन मान्छेले उल्टो पारेर रिल नै बिगारिदिएछ । त्यस सूचनाले उनको हृदय भित्र चिरा पर्यो । क्यामराका सौखिन जोशीले त्यस दिन नै आफ्नो क्यामरा फ्याकिदिए । वास्तवमा त्यस पीडाले रन्थनिएर उनले त्यसपछि कहिले पनि क्यामरा बोकेनन् । तर त्यस बेला बिग्रेको रिल भने अझै उनीसँग सुरक्षित छ । त्यस रिलमा उनले खिचेको स्वेतचैत्य पनि मधुरो रुपमा देख्नचाँहि सकिन्छ ।
अरनिकोकोे देहावसनपछि चिनिया सरकारले उनलाई ल्याङको कोङ काजीसरहको सम्माननीय मानार्थ पदवी प्रदान गरेको थियो । तर उनी बाँचेकै बेला पनि क्वाङ लू ताइ फु मन्त्रीसरहको दर्जाले सम्मान गरिएको बेहोरा सत्यमोहन जोशी दोहोर्याउछन् ।

संस्कृतिविद् सत्यमोहन जोशीको परिचय, जीवनी र उनले गरेको योगदानलाई चिनाउने पुस्तक सार्वजनिक भएको छ । सत्यमोहन जोशी विशेषांक नामक पुस्तकको जोशी आफैंले विमोचन गरे । ८ सय ४८ पृष्ठको पुस्तकमा जोशीको जीवनी, विचार, उहाँबारे अरुले लेखेका विचार र अन्तर्वार्ता तथा योगदानका बिभिन्न पाटा समेटिएको छ ।
९५ बर्षको उमेरमा पनि ठमठम हिड्दै सहरका गोष्ठी र विभिन्न कायक्रमको उदघाटन र विमर्श गरिहिड्न सक्ने उनले २०७१ साल मंसिरमा उपप्रधानमन्त्री वामदेव गौतमको हातबाट शताब्दी पुरुषको उपाधि ग्रहण गरे । उनी आफूलाई खासै ठूलो मान्छे ठान्दैनन् । “उनी भन्छन म एउटा संस्कृति सेवक मात्र हु” ।
तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र नेपाली स्रष्टाको भावमा कुनै अहं भेटिदैन । उन्नाइसौं शताब्दीबाट आरम्भ भएको नेपाली भाषा साहित्य लेखनको यात्राले दुई शताब्दीको फेरो ढाकेको सन्दर्भमा वाङमयिक संस्कृतिको सुकीति फैलाउने, नेपाली संस्कृतिका धरोहर र यस शताब्दीका शीर्षस्थ स्रष्टाको रुपमा जोशीलाई त्रिमूति निकेतनले शताब्दी पुरुषको उपाधिसहित पाँच लाख रुपैया र उनकै उचाई बराबरको पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्रले सम्मान गरिसकेको छ .।
निकेतनले संस्कृतिविद् जोशीको ९५ औं जन्मोत्सव अवसरमा गएको वैशाख ३० गते नै शताब्दी पुरुष र सत्यमोहन जोशी महोत्सव घोषणा गरेको थियो । जोशीको सम्मानमा निकेतनले सम्मान गरिरहेकै बेला सरकारका तर्फबाट उपप्रधानमन्त्री गौतमले पनि जोशी संस्कृतिविद्हरुका पनि संस्कृतिविद् हुन हुन भनेर सार्वजनिक घोषणा गरेका छन् ।
नागरिक स्तरको सम्मानका रुपमा त्रिमूतिर्ले शताब्दी पुरुष घोषणा र सम्मान गरेको थियो, जहा देशविदेशका विभिन्न नेपाली साहित्यिक र सांस्कृतिक संघसंस्थाका तर्फबाट एक सय एक ताम्रपत्र अर्पण गरिएको थियो । नेपालका १४ अञ्चलकै विभिन्न साहित्यिक संघसंस्था, निकेतनद्वारा विभिन्न २२ राष्ट्रमा गठित सत्यमोहन जोशी शताब्दी महोत्सव समिति र अन्य साहित्यिक संघसंस्थाका तर्फबाट अभिनन्दनपत्र प्रदान गरिएको हो । अभिनन्दन पत्र दिने साहित्यिक संघसंस्थाका अध्यक्षमा भारतबाट डा. सञ्जय बान्तवा, चीनबाट दीपा एवाई, म्यान्मारबाट विष्णु पन्थी, रुसबाट कृष्णप्रकाश श्रेष्ठ बेलायतबाट खगेन्द्र पाठक, अमेरिकाबाट गीता खत्री, इजरायलबाट भगवती बस्नेत, बेल्जियमबाट दीपेन्द्र केसी, अस्ट्रियाबाट रुद्र चुडाल, नेदरल्यान्डबाट पुष्प बडुवाल, क्यानाडाबाट सुरेन उप्रेती, पोर्चुगलबाट मोहन आचार्य जलद छन् । त्यस्तै, महोत्सव समिति नर्वेकी अध्यक्ष विष्णुमाया विभु, स्विट्जरल्यान्डकी रमा देवकोटा पराजुली, जापानकी निहारिकालक्ष्मी शाही, कोरियाकी मञ्जु गुरुङ, जर्मनीकी रश्मिला कवाङ, यूएईका मोहराज शर्मा, साइप्रसका चन्द्रकिशोर साह, न्युजिल्यान्डका बुद्धिसागर घिमिरे, डेनमार्कका पूर्ण बन्धन र अस्ट्रेलियाकी अध्यक्ष रुमु न्यौपानेका तर्फबाट पनि अभिनन्दनपत्र अर्पण गरिएको थियो ।
भारतका विभिन्न साहित्यिक संस्थाहरु अमेरिकाको अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बेलायतका नेपाली साहित्य विकास परिषद र समकालीन नेपाली साहित्य प्रतिष्ठान, नेदरल्यान्डको अन्तराष्ट्रिय नेपाली कलाकार समाज, मलेसियाको प्रवासी नयन साहित्य समाज, म्यान्मारको नेपाली प्रज्ञा प्रतिष्ठान र अस्ट्रियाको अस्ट्रिया नेपाल संघबाट पनि जोशीलाई अभिनन्दनपत्र प्रदान गरिएको थियो ।
जोशीले नेपाली लोकसंस्कृतिमा लामो क्रियाशीलता गरे बापत काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि समेत पाएका छन ।
जोशीले हालसम्म देशविदेशबाट एक सय एक वटा अभिनन्दन पत्र पाइसककेकमा छन् । प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् । अब हरेक बर्ष संस्कृतिविद् जोशीको जन्मदिनका दिन उत्सवका रुपमा मनाउने समेत घोषण भैसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु