सङ्घीय गठबन्धनले सहमतिका लागि अन्तिम प्रयास गर्ने

पुस ५ ।काठमाडौँ,एकीकृत नेकपा माओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले माघ ८ भित्रै संविधान ल्याउनका लागि सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान बसेको गठबन्धनको बैठकले सत्तारुढ दलसँग हदैसम्मको चलकता अपनाउने निर्णय गरेको हो ।
संविधानका विवादित विषयमा लचकताका साथ सहमति खोज्ने र त्यो नभए अन्य विकल्प रोज्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानका विवादित विषयमा सत्तारुढ दलले पनि सकारात्मक छलफल अघि बढाएकाले सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय भएको जानकारी दिए ।

उनले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) ले पेस गरेको प्रस्तावबारे सहमति जुटाउन पहल गर्ने र त्यसमा सहमति नभए सङ्घर्षमा जानेबारे छलफल भएको बताए ।

सम्बन्धित शिर्षकहरु