सिड्नी लाइभ: अस्ट्रेलियाली मुस्लिम समुदायमा त्रास, “म तिमि संगै यात्रा गर्नेछु” अभियान तिब्र

रमेश अधिकारी, असनेपाल न्युज/Ride

मङ्सिर २९, सिड्नी- इस्लामिक स्टेट समर्थित एक बन्दुकधारिले सिड्नीको एक क्याफेमा दर्जनौ निर्दोष अस्ट्रेलियालीलाइ बन्धक बनाएपछि अस्ट्रेलियामा बसोबास गर्ने मुस्लिम समुदायका बीच आफु माथि आक्रमण हुने भयले सताएको छ । उनीहरु अन्य अस्ट्रेलियालीमा मुस्लिम प्रति घृणा जागेर आफूमाथि आइलाग्ने भयले सार्वजनिक सवारीमा यात्रा गर्न डराइरहेको अस्ट्रेलियन रेडियोमा फोन गर्ने मुस्लिम स्रोताहरुले बताएका छन् ।

उनीहरुको यो डरलाइ सम्बोधन गर्न अन्य समुदायका अस्ट्रेलियाली नागरिकहरुले “म तिमि संगै यात्रा गर्नेछु” अभियान चलाएका छन् । ट्वीटरमा चलाइएको उक्त अभियानमा कुनै पनि मुश्लिम अस्ट्रेलियालीलाइ एक्लै यात्रा गर्न डर लागे आफु संग यात्रा गर्न भन्दै लाखौले आफ्नो यात्रा विवरण सार्वजनिक गरेका छन् ।

यो स्वत:स्फुर्त अभियानमा अहिले लाखौले स्थानीय स्टेसनमा आफुलाई भेट्न र संगै यात्रा गर्न मुस्लिम समुदायका मानिसलाई आग्रह गरेका छन् 

यो अभियान सुरु भएको २ घन्टामै #Illridewithyou ह्यासट्याग गरि ४० हजारले ट्वीट गरेको  ट्वीटर अस्ट्रेलियाले जनाएको छ । यो समाचार तयार गर्दा सम्म १ लाख २० हजारले उक्त ट्वीट गरिसकेका छन् र यो संख्या तिब्र गतिमा बढिरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु