सिड्नी घटना लाइभ अपडेट : बन्दुक धारीसंग प्रहरीको सम्पर्क स्थापित- डेपुटी कमिस्नर क्याथरिन

Sydnyरमेश अधिकारी, अस्नेपाल न्युज/
मङ्सिर २९, सिड्नी- एक क्याफेमा सर्बसाधारणलाइ बन्दक बनाइ राखेको बन्दुकधारी संग प्रहरीको सम्पर्क स्थापित भएको प्रहरी डेपुटी कमिस्नर क्याथरिन बर्नले प्रहरीको बार्ताकारहरुको सम्पर्क भएको जानकारी दिएको बिबिसीले जनाएको छ 

साथै प्रहरीले बन्धक बनाइएका मध्ये ५ जना भाग्न सफल भएको पनि बताएको छ भाग्न सफल ५ जना मध्ये २ जना अगाडिको ढोका र ३ जना इमर्जेन्सी ढोकाबाट बाहिर निस्केको एबिसी अनलाइनले जानकारी दिएको छ ।

यस घटनाको बारे थप जानकारी लिन न्यु साउथ ह्वेल्स प्रहरीले सूचना हटलाइन स्थापना गरेको छ । +61 1800 227 228. मा फोन गरेर घटनाको जानकारी लिन सकिने प्रहरीले जनाएको छ 

हाल सिड्नी प्रहरीले उक्त क्षेत्रलाइ चारै तिरबाट घेरा हालेको छ 

Comments

comments

सम्बन्धित शिर्षकहरु